भ¥याङबाट लडेर बालकको मृत्यु

प्रतिकात्मक तस्बिर ।

बरहथवा – सर्लाहीको बसबरिया गाउँपालिका–५, धनगढामा भ¥याङबाट लडेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय शिवनारायण रायका सात वर्षीय छोरा नवलकिशोर रायको आफ्नै दुई तले काठको घरको भ¥याङबाट लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । भ¥याङबाट तल झर्ने क्रममा खुट्टा चिप्लिएर लडेका बालकको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै जिल्लाको पर्सा गाउँपालिका–१, सीतलपुरस्थित हुलाकी सडकमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भीर घाईते भएका छन् । संग्रामपुरबाट सीतलपुरतर्फ जाँदै गरेको ज ५ प २४६३ नं. को मोटरसाइकलले ठक्कर दिँदा घाईते पर्सा गाउँपालिका–२, का लालिन मण्डलका ३ वर्षीय छोरा निखिल मण्डललाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको छ ।