हरिपुरका किसानलाई कृषि यन्त्र वितरण

8

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाले विभिन्न कृषक समूहहरुलाई सोमवार कृषि यन्त्र उपकरणहरु प्रदान गरेको छ ।

किसानलाई कम जनशक्तिमै आधुनिक ढंगले खेती गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि यन्त्रहरु सहयोग गरिएको हो । नगरप्रमुख जमिरुदिन मन्सुर र प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले कृषक समूहलाई मिनिटेलर, पम्पीसेट, मोटर, कुटी काट्ने मेसिन, स्पे्र ट्याङकी, धान काट्ने रिपर लगायतका सामग्री गरे ।

नगरभित्रको ९ वटै वडाका सक्रिय कृषक समूहलाई कृषि यन्त्र प्रदान गरिने नगरप्रमुख मन्सुरले बताए । उनले किसानलाई बर्सेनि यस्तो किसिमको सहयोग गर्दै आएको बताए ।