श्रममन्त्री रायको कामले चुनाव प्रचारक नै लज्जीत

10
नेता वाग्ले द्वोयको फेसबुक स्टाटस

हरिवन – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायले पछिल्लो समय चालेको कदमका कारण आफूहरु नै लज्जीत भएको उनको निर्वाचन क्षेत्र सर्लाहीका जिम्मेवार नेताले नै बताउन थालेका छन् ।

खासगरी मन्त्री रायले हालै विवादास्पद छवि भएका कैलाश खड्कालाई वैदेशिक रोजगार वोर्डमा ल्याएपछि उनिप्रति आक्रोश बढेको हो । मन्त्री रायको चुनावी क्षेत्र सर्लाही क्षेत्र नम्वर ३ को प्रदेश निर्वाचन क्षेत्र (ख) का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव प्रचारप्रसार मुल समितिका संयोजक चूडामणि वाग्लेले मन्त्री रायका कामले आफूहरुलाई मतदातासँग अनुहार देखाउन पनि लाज लागेको गुनासो गरेका छन् ।

क्षेत्रिय चुनाव प्रचार मुल समितिका सदस्य समेत रहेका वाग्लेले मन्त्री रायलाई चुनावमा राजनैतिक सिनु भएको आरोप लगाउँदा आफूहरुले नेकपाको इमान्दार चिनु अर्थात जिम्मेवार नेता भनेर प्रतिवाद गरेको तर काम हेर्दा आरोप नै प्रमाणित हुदै गएको गुनासो गरे । चुनावका बेला नेकपाका अध्यक्ष रेवती पन्तले नै रायलाई राजनैतिक सिनु भए पनि पार्टीले टिकट दिएकाले सीनु वोकेर हिड्नु परेको आरोप लगाएका थिए ।

मन्त्रीको यस्तो नियुक्तीले उनलाई मन्त्री वनाउने प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डको पनि हुर्मत लिएको मतदाताको आरोप छ । वाग्लेले आफ्नो फेसवुक वालमा स्टाटस लेखेर मन्त्री रायलाई निर्णय सच्याएर मतदातासँग क्षमा माग्न माग गरेका छन् ।

यस्तै केही दिन पहिले नेकपाका सर्लाही इन्चार्ज डाचाराज वाग्लेले पनि श्रम मन्त्रीको कामले आफ्नो शिर निहुरिएको भन्दै फेसवुकमा स्टाटस राखेका थिए । श्रम मन्त्रालयलाई नै हराउने आफ्नै प्रतिवादीलाई पुरस्कृत गर्नु आश्चर्यको विषय भएको इन्चार्ज वाग्लेको आरोप छ ।

मन्त्री रायले हालै बोर्डमा नियुक्ति दिएका खड्का माथि कामदारको करोडौ रकम ठगि गरेको भन्दै पूर्व मन्त्री गोकर्ण विष्टको पालामा मुद्दा चलाईएको थियो । यस्ता बिबादास्पद व्यक्तिलाई बोर्डमा ल्याउन किन मन्त्री उत्साहित भए भन्ने कुराले खल्बली मच्चिएको छ ।

बोर्डको अध्यक्षमा श्रम मन्त्री आफै रहने व्यवस्था छ । मन्त्री रायले भने विज्ञको कोटामा आफूले विज्ञ व्यक्तीलाई नै नियुक्त गरेको भनेर खड्कालाई चोख्याउने प्रयास गरिरहनु भएको छ ।