हरिवन नगरपालिका वडा नं. ९ मा सम्पन्न योजनाहरुको सरोकारवालाद्वारा अनुगमन

5

हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नंं. –९, मा आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न भएका योजनाहरुको मंगलवार अनुगमन गरिएको छ ।

वडाको १ करोड १० लाख रुपैयाँ बजेटबाट सम्पन्न विभिन्न योजनाहरुको सरोकारवालाहरुलाई अनुगमन गराइएको वडाध्यक्ष सीताराम पोखरेलले जानकारी दिए । यस वर्ष सो वडाले ह्याचरी टोलमा रोलर सहितको ग्राभेल, २४ स्थानमा समर सियल मोटर जडान, डुम्रीघारी कार्की टोलमा नाला निर्माण, नोचाहुँदै डुम्रीघारीसम्मको बाटो स्तरोन्नति, मिरिङचिङ टोल दक्षिण पिच ढलान लगायतका योजना सम्पन्न गरिएको वडाध्यक्ष पोखरेलले बताए ।

अनुगमनमा नगरप्रमुख गणेश प्रसाद प्रसाई, उपप्रमुख रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडाल, विभिन्न दलका प्रमुख एवं पार्टी प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो । हरिवन नगरपालिकाको ९ नंं. वडाले यसरी वर्सेनि सरोकारवालाहरुलाई योजनाहरुको अनुगमन गराउँदै आएको छ ।

वडाध्यक्ष पोखरेलले हरेक योजनामा पारदर्शिता अपनाउँदै निर्माणस्थलमा सूचना बोर्ड राखेर नागरिकलाई सबै कुराको जानकारी दिएर काम गरिएको बताए ।