बागमतीद्वारा अति विपन्न परिवारलाई सहयोग

4
एक महिलालाई किराना पसल सञ्चालन गर्नका लागि सामग्री प्रदान गर्दै अध्यक्ष कार्की । (तस्बिर : उज्यालो अभियान)

हरिवन – बागमती सेवा समाज नेपाल हरिवनले जिल्ला स्थित विभिन्न पालिका अति विपन्न परिवारलाई जीविकोपार्जनका लागि विभिन्न सामग्री सहयोग गरेको छ ।

वर्ल्ड भिजन ईन्टरनेशनलको सहयोगमा अति विपन्न परिवारका लागि जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्धेश्यले विभिन्न सामग्री प्रदान गरिएको बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिए । cover project(covid-19) अन्तरगत कार्कीका अनुसार हालसम्म जिल्ला स्थित हरिपुर्वा एवं हरिपुर नगरपालिका तथा पर्सा गाउँपालिकाका अतिबिपन्न परिवारलाई जिविकोपार्जनका लागि जस्ता पाता ५०५ थान, प्रति परिवारलाई २ वटाका दरले १५२ वटा बाख्रा, प्रति परिवारलाई ३ वटाको दरले ७५ वटा बंगुरका पाठा, ५०५ थान बाँस, ७ वटा सिलाइ मेसिन, प्रति परिवार १–१ वटाका दरले २० वटा ठेलागाढा तथा एक परिवारलाई किराना पसल गर्न सामान एवं एक परिवारलाई फ्रेस हाउस सञ्चालन गर्न सामान प्रदान गरिएको हो । पहिलो चरणमा सोमबार ती सामग्री वितरण गरिएको र बाँकी परिवारलाई पनि क्रमशः जीविकोपार्जनमा टेवा पुग्ने त्यस्तो सामान वितरण गरिने कार्कीले जानकारी दिए ।