हरिवनको चापिनीमा बाख्राको पाठा बाँडियो

6
वितरण गरिएको पाठाका साथ लाभग्राही एवं उपमेयर पौडेल लगायत ।

हरिवन – साना किसान कृषी सहकारी संस्था हरिवनले आज (बुधबार) हरिवनको चापिनीमा बाख्राको पाठा वितरण गरेको छ ।

हरिवन नगरपालिकासँगको सहकार्यमा सहकारीले हरिवन नगरपालिका–८, चापिनीका १५ विपन्न परिवारलाई बाख्राका पाठा वितरण गरिएको सहकारी संस्थाका सचिव संजिव भट्टराईले जानकारी दिए । संस्थाका अध्यक्ष नानिराम पौडेलको अध्यक्षता एवं हरिवन नगरपालिकाकी उप–प्रमुख रेणुका पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रबिन्द्र कुमार भट्टराई, वडा सदस्य धनमाया बिक, हरिवन बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कृष्ण पौडेल लगाएतले मन्तब्य राखेका थिए । गतवर्ष पनि नगरपालिकाकै सहकार्यमा १५ परिवारलाई बाख्रा वितरण गरिएको सचिव भट्टराईले जानकारी दिए ।