लायन्स क्लब अफ लालबन्दी सिटीको अध्यक्षमा न्यौपाने

7
नवनिर्वाचित अध्यक्ष न्यौपाने (दायाँ) बाट तेस्रो ।

लालबन्दी – सामाजिक संस्था लायन्स क्लब अफ लालबन्दी सिटीको अध्यक्ष [President] मा राजकुमार न्यौपाने चयन भएका छन् ।

शनिवार भएको नेतृत्व हस्तान्तरण कार्यक्रमबाट न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो । यस्तै क्लबको सेक्रेटरीमा नारायण दाहाल, कोषाध्यक्षमा चिरञ्जीवी खतिवडा चयन भएका छन् ।

क्लबले यस क्षेत्रमा विभिन्न किसिमका सामाजिक काम गर्दै आइरहेको छ । नवनिर्वाचित अध्यक्ष न्यौपानेले क्लबले आगामी दिनमा यसैगरी अशक्त तथा असहाय र विपन्न वर्गका मानिसलाई विभिन्न किसिमको सहयोग गर्नुका साथै अन्य किसिमको सामाजिक कामलाई निरन्तरता दिँदै जाने बताए ।