जिल्ला प्रहरीको भवन उद्घाटन गर्न आइजीपी ज्ञवाली सर्लाही आउँदै, आजै कांंग्रेसले मलंगवामा विरोध प्रदर्शन गर्दै

4

मलंगवा – नेपाल प्रहरीका केन्द्रीय प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) ठाकुरप्रसाद ज्ञवाली आज (वुधवार) सर्लाही आउँदैछन् ।

सदरमुकाम मलंगवामा जिल्ला प्रहरी कार्यालयको भर्खरै निर्माण पूरा भएको भवन उद्घाटन गर्न आइजिपी ज्ञवाली वुधवार यहाँ आउन लागेका हुन् । बिहान ९ः३० बजेपछि भवन उद्घाटन समारोह सुरु हुने बुझिएको छ ।

अहिलेको कोरोना भाईरसको महामारीका कारण सामान्य रुपमा हुन लागेको कार्यक्रममा प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंह, जिल्लाका सुरक्षा प्रमुख, सञ्चारकर्मी लगायत सिमित व्यक्तिहरुको उपस्थिति रहने जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । भवन उद्घाटन भएपछि मालपोत कार्यालय नजिकै रहेको जिल्ला प्रहरी कार्यालय वुधवार बाट मलंगवाको कबर्ड हलस्थित नयाँ भवनमा सर्ने छ । अहिले कार्यालय रहेको भवनलाई प्रहरी पोष्टका रुपमा प्रयोग गरिने छ ।

यसैबीच प्रहरीका केन्द्रीय प्रमुख नै जिल्ला आउने दिन पारेर कांंग्रेस सर्लाहीले वुधवार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गर्दै छ । रामनगर गाउँपालिका–४, का रामजल यादवको हत्या भएको घटनामा संलग्न रहेको आशंकामा कांंग्रेसबाट निर्वाचित त्यहाँका वडाध्यक्ष रामनरेश महतोलाई प्रहरीले हिरासतमा लिएको छ ।

घटनाबारे सुरुमै प्रहरीलाई जानकारी गराउने वडाध्यक्षलाई नै प्रहरीले राजनीतिक प्रभावमा परेर पक्राउ गरेको आरोप लगाउँदै कांंग्रेसले विरोध जनाउन लागेको हो । ¥यालीमा कांंग्रेसले विशेष गरी क्षेत्र नम्वर ४ बाट ठूलो संख्यामा कार्यकर्तालाई सदरमुकाम मलंगवा उतार्ने तयारी गरिरहेको छ ।