सर्लाहीका थप ४७ जनामा कोरोना, संक्रमित संख्या ५९२ पुग्यो

2

मलंगवा – सर्लाहीमा आज (सोमबार) मात्र थप ४७ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । यो सँगै सर्लाहीमा संक्रमित संख्या ५९२ पुगेको छ ।

सोमबार ईश्वरपुर नगरपालिकाका ३२ र बरहथवा नगरपालिकाका १५ जना गरी थप ४७ जना नयाँ संक्रमित फेला परेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए । केही दिनयता हरेक दिन जसो १/२ जनामा मात्र कोरोना भाईरस पोजेटिभ देखिएपनि सोमबार भने सर्लाहीमा ह्वात्तै ठूलो संख्यामा संक्रमित देखिएका हुन् । भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका हरुको काठमाडौंको टेकुमा थ्रोट स्वाब परीक्षणबाट पोजेटिभ देखिएको बताईएको छ ।