अवैध रुपमा खोला उत्खनन गर्ने टिपर र स्काभेटर प्रहरीले नगरपालिकामा बुझायो

29
जिल्ला समन्वय समितिको पत्र

लालबन्दी – पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ सर्लाहीको लालबन्दीस्थित कालिन्जोर खोलामा अवैध उत्खनन गर्ने १० वटा टिपर र २ वटा स्काभेटर आइतवार प्रहरीले नियन्त्रणमा लिएर लालबन्दी नगरपालिकाको जिम्मा लगाएको छ ।


लालबन्दी प्रहरीले खोलामा अवैध रुपमा उत्खनन गरिरहेका टिपर र स्काभेटरलाई नियन्त्रणमा लिई आइतवार दिउँसो नगरपालिकाको जिम्मा लगाएको हो । लालबन्दी प्रहरीले खोलाको अवैध उत्खनन रोक्न आफ्नो तर्फबाट पहल गरिरहेको जनाएको छ ।


असार, साउन र भदौ तीन महिना खोला तथा नदी उत्खनन गर्न पाइँदैन् । तर जिल्ला समन्वय समिति सर्लाहीले भने लालबन्दी नगरपालिकाभित्रका ठूला विकास निर्माणका आयोजनाका लागि असार मसान्तसम्म खोला उत्खनन गर्न अनुमति दिएको थियो ।