प्रदेश सांसद् लुंगेलीले बाँडिन बुंगुरका पाठा

बुंगुरका पाठा वितरण गर्दै प्रदेश सांसद् लुंगेली (बाँया) । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – प्रदेश सांसद् बेची लुंगेलीले ४० विपन्न परिवारलाई बुंगुरको पाठा वितरण गरेकी छिन् ।

आज (शनिबार) र हिजो (शुक्रबार) दुई दिने कार्यक्रम गरी लालबन्दी र हरिपुर नगरपालिकाका ४० विपन्न परिवारलाई बुंगुरको पाठा वितरण गरिएको प्रदेश सांसद् लुंगेलीले जानकारी दिईन् । लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारको आर्थिक उन्नतीमा टेवा पुगोस् भनेर ४० परिवारलाई बंगुरको पाठा प्रदान गरिएको लुंगेलीको कथन थियो ।

संसदीय निर्वाचन क्षेत्र विकास कोषको बजेटबाट विपन्न परिवारलाई बुंगुरको पाठा वितरण गरिएको लुंगेलीले जानकारी दिईन् । संपूर्ण लाभग्राही परिवारलाई पशु स्वास्थ्यकर्मी उद्यव तिमल्सिनाद्वारा बुंगुर पाल्ने उपाय लगायत बारेमा अभिमुखीकरण गराएर मात्र पाठा दिईएको सांसद् लुंगेलीले बताईन् । लुंगेलीका अनुसार कोषको बजेटबाट भोली (आइतबार) लालबन्दीमा खेलकुद सामग्री समेत वितरण गर्ने कार्यक्रम रहेको छ ।