काँगे्रस सर्लाहीले पनि बुझायो सरकारलाई ज्ञापन पत्र

मलंगवा – कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सरकारको तर्फबाट भइरहेको कमजोरी औँल्याउँदै काँगे्रसले मंगलवार सर्लाहीसहित ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाएको छ ।

केन्द्रबाट निर्धारित कार्यक्रम अनुसार मंगलवार सर्लाहीमा पनि जिल्ला प्रशासन कार्यालय मलंगवामार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको काँगे्रस सर्लाहीका सभापति एवं प्रतिनिधि सभाका सांसद नागेन्द्र कुमार रायले जानकारी दिए । अहिलेको महामारीका बेला सरकारलाई मजाक तथा ख्याल ठट्टा नगरी कमजोरी औँल्याउँदै १० बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाइएको काँगे्रस सर्लाहीले जनाएको हो ।

सरकारको लापरवाहीले कोरोना संक्रमण अझै व्यापक बन्दै गएको र जनमानसमा संन्त्रास फैलिँदै गएकाले सचेत बन्न काँगे्रसले सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापन पत्रमा कोरोना नियन्त्रणका क्रममा पारदर्शिता अपनाउन, राहतको व्यवस्था मिलाउन, क्वारेन्टाइनको व्यवस्थापन गर्न, बन्दाबन्दीले बेरोजगार बनेकालाई रोजगारी प्रदान गर्न, परीक्षणको दायर बढाउन, अस्पतालको व्यवस्थापन गर्न, विदेशबाट आउन चाहने नागरिकको उद्धार गर्न पनि माग गरेको छ ।

ज्ञापन पत्र बुझाउन काँगे्रस जिल्ला कार्य समितिका पदाधिकारी, पूर्व कार्य समितिका पदाधिकारी, पार्टीबाट निर्वाचित सांसद लगायत जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेका थिए ।