सशस्त्रका डीएसपीले ल्याए गिती संग्रह

हरिवन – सशस्त्र प्रहरी बल हरिवन बेसक्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुशिलप्रसाद पराजुलीले गिती संग्रह प्रकाशित गरेका छन् ।

अाज (साेमबार) हरिवन बजार स्थित सगुन सहकारीकाे सभाहलमा अायाेजित एक कार्यक्रमबीच सप्रनाउ पराजुलीद्वारा लिखित “संकल्प” नामक गिती संग्रह सार्वजनिक गरिएकाे हाे । सरकारी फाैजी सेवामा कार्यरत रहेपनि कला साहित्यप्रति पहिलादेखि नै अाफ्नाे रुची रहेकाले राष्ट्रसेवाकाे जिम्मेवारी सँगसँगै समय निकालेर साहित्य सृजना गरेकाे उनले बताए । “बुबा स्व. श्यामप्रसाद पराजुली पनि प्रकाशनकाे उद्देश्यले भन्दा अात्मसन्तुष्टिका लागि लेख्ने गर्नु हुन्थ्याे”, विमाेचन समाराेहमा बाेल्दै उनले भने,”उहाँकाे प्रेरणाले पनि मलाई थप उर्जा मिलेकाे अाभाष दिलाउथ्याे ।” पराजुलीका अनुसार पुस्तकमा अामा, रानी, प्रकृतिकाे भुल, सुख-शान्ति लगायत बाेलका १०० वटा गीत लिपिबद्द गरिएकाे छ ।

हरिवन नगरपालिकाकी उपमेयर रेणुका पाैडेलकाे अध्यक्षता एवं मेयर गणेशप्रसाद प्रसाईँकाे प्रमुख अातिथ्यता रहेकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माेहन जिसी, प्रहरी उपरीक्षक विश्वमणि पाेखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ लगाएतकाे अातिथ्यता रहेकाे थियाे ।

फाेटाे क्याप्सन : गिती संग्रह विमाेचन गरिदै । (तस्बीर : उज्यालाे अभियान)