सर्लाहीमा सुक्रवार थपिए ५७ संक्रमित, ४७० पुगे

मलंगवा – सर्लाहीमा सुक्रवार एकै दिन थप ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार हरिवन नगरपालिकामा २९, विष्णु गाउँपालिकामा १०, ब्रम्हपुरी गाउँपालिकामा २, ईश्वरपुर नगरपालिकामा ४, हरिपूर्वा नगरपाकिलामा ३, बसबरिया गाउँपालिकामा ४ र पर्सा गाउँपालिकामा २ जना संक्रमित थपिएका हुन् । ५७ संक्रमित थपिएँसगै सर्लाही जिल्लाभर संक्रमितको संख्या ४७० पुगेको छ ।

सर्लाहीमा पछिल्लो समय कोरोना संक्रमित थपिँदै गएपनि सर्तकता भने अपनाइएको छैन् । सावधानी अपनाउनु पर्ने अवस्था आइरहँदा मानिसहरु झन लापरवाही किसिमले जथाभावी हिँड्डुल गर्न थालेका छन् भने प्रशासन र पालिकाको निर्णय तथा आग्रह विपरीत भीडभाड गरेर बजारहरु खोल्न थालिएका छन् ।