सीमा झडप अपडेट : एक भारतीयको मृत्यु, तीन सशस्त्र प्रहरीसहित ५ घाईते

भारतीय सिमा क्षेत्रमा गस्ती गरिरहेका सशस्त्र प्रहरी । (फाईल तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका ३ नारायणपुर नाकामा सुक्रवार बिहान सशस्त्र प्रहरी र भारतीय नागरिबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् ।

झडपमा २७ वर्षीय भातरीय नागरिक विकेश कुमारको मृत्यु भएको हो । सुक्रवार बिहानै भारतीयहरु जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले खोक्न खोजेको थियो । त्यसक्रममा भारतीयहरु सशस्त्र प्रहरीमाथि आक्रमणमा उत्रिँदै हतियार खोसेका थिए । त्यसपछि झडप भएको हो ।

झडपमा १५ राउण्ड हायरिङ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । झडप भएको सीमा क्षेत्रमा अहिले दुवै तर्फबाट सुरक्षाकर्मी व्यापक मात्रामा तैनाथ छन् ।

सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले सीमाको अवस्था अहिले सामान्य रहेको बताउँदै झडपमा तीन सशस्त्र प्रहरी र दुई भारतीय घाईते भएका पुष्टी गरे ।

यो पनि पढ्नोस्

भारतीय समुहले अाक्रमण प्रयास गरेपछि सर्लाहीकाे फेनरा नाकामा सशस्त्रद्वारा गाेली प्रहार