हरिवनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

3

हरिवन – उत्तरी चुरेभेगमा पर्ने सर्लाहीको हरिवन नगरपालिका–१, अत्रौलीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

स्थानीय २५ वर्षीय गंगाबहादुर थापा मगरलाई घरमा लुकाएर राखेको भरुवा बन्दुकसहित आइतवार राती पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र उपाध्यायले जानकारी दिए । उनका अनुसार एक थान भरुवा बन्दुकसहित २ सय ग्राम बारुद र २ सय ग्राम छर्रा समेत बरामद गरिएको छ ।

मगरलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उपाध्यायले बताए ।