बागमतीमा तामाङ घेदुङको सहयोग

4
सहयोग रकम मेयर थापालाई हस्तान्तरण गर्दै घेदुङ अध्यक्ष गोले (दायाँ) लगायत पदाधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – नेपाल तामाङ घेदुङ बागमती नगर कमिटीले बागमती नगरपालिकालाई आर्थिक सहयोग गरेको छ ।

बिश्वब्यापी बनेको कोरोना भाइरसको संक्रमण बिरुद्वको अभियानमा सहयोग पुगोस भनेर नगर कमिटिको तर्फबाट आर्थिक सहयोग गरिएको घेदुङ नगर कमिटी अध्यक्ष जय गोलेले जानकारी दिए । कमिटी अध्यक्ष गोले नेतृत्वको टोलीले आज (सोमबार) नगरपालिका कार्यलयमै पुगरे मेयर भरत कुमार थापालाई नगद ४१ हजार रकम हस्तान्तरण गरेको छ ।

घेदुङका पदाधिकारी बागमती नगरपालिका भित्र रहेका सम्पुर्ण सदस्य तथा शुभचिन्तकहरुको समेत सकृयतामा नगरलाई आर्थिक सहयोग गरिएको घेदुङ बागमती नगर कमिटीले जनाएको छ । आर्थिक सहयोग बुझ्दै बागमती नगरपालिकाका मेयर थापाले सहयोगी मनहरुप्रती हार्दिक आभार ब्यक्त गरे । साथै यो महामारी विश्वकै चुनौती बनिरहेको अवस्थामा यसै गरी सबैले आ–आफ्नो स्थानबाट सहयोग गरे कोरोना संक्रमण रोक्न सकिने मेयर थापाको विचार थियो । उनले सबै नगरबासीहरुलाई कोरोना संक्रमण फैलन नदिन बेला बेलामा साबुन पानीले हात धुन, माक्स र स्यानीटाईजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न समेत नगरवासीमा आग्रह गरे ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, बागमती–४ का वडाध्यक्ष कृष्ण लामा, पाल्देन दोर्जे लामा लगाएत घेदुङका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।
फोटो क्याप्सन ः सहयोग रकम मेयर थापालाई हस्तान्तरण गर्दै घेदुङ अध्यक्ष गोले (दायाँ) लगायत पदाधिकारीहरु । (तस्बिर ः उज्यालो अभियान)