कविलासी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा लक्ष्मी लघुवित्तको सहयोग

4
लघुवित्तका शाखा प्रवन्धक राजकुमार वाईवा कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवलाई चेक हस्तान्तरण गर्दै ।

कविलासी – सर्लाहीको कविलासी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सोमवार लक्ष्मी लघुवित्त गैर बजार शाखाले सहयोग गरेको छ ।

कविलासी नगरपालिका–७, मा रहेको सो लघुवित्तले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा १० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । लघुवित्तका शाखा प्रवन्धक राजकुमार वाईवाले कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवलाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

कोरोना संक्रमित र क्वारेन्टाइनमा बस्नेहरुको संख्या थपिँदै गइरहेको अवस्थामा आफ्नो सहयोगले व्यवस्थापनमा थोरै भएपनि सहयोग पुग्ने संस्थाले अपेक्षा गरेको छ ।