सर्लाहीमा आज फेरि थपिए २७ संक्रमित, १७५ पुगे

मलंगवा – सर्लाहीमा आज (शनिवार) फेरि २७ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाण्डौंमा स्वाब परीक्षण गर्दा रामनगर गाउँपालिका १३, विष्णु गाउँपालिका ११ र ईश्वरपुर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । उनका अनुसार संक्रमितहरुको विस्तृत विवरण बुझ्ने काम भइरहेको छ । आज २७ जना थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७५ पुगेको छ ।