नवलपुरमा दलितहरुको दबाबमूलक प्रदर्शन

3

नवलपुर – सर्लाहीको नवलपुरमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा वुधवार साँझ दबाबमूलक विरोध ¥याली निकालिएको छ ।

संयुक्त दलित न्यायीय संघर्ष समितिको आयोजनामा रुकम पश्चिम लगायत देशका विभिन्न स्थानमा हालै दलितहरु माथि भएको आक्रमण एवं हिंसाका घटनाप्रति विरोध जनाउँदै ¥याली निकालिएको हो । नवलपुरस्थित प्रहरी चौकी अगाडिबाट सुरु भएको ¥याली तेलवाली कार्यालय अगाडिसम्म आएर पुनः नवलपुर चौकमा फर्की कोण सभामा परिणत भएको थियो ।

सभामा बोल्दै दलित अगुवाहरु राजाराम पासवान, पार्वती विश्वकर्मा, मदन विश्वकर्मा, हरिनन्दन कुमार रन्जन लगायतले दलितहरु माथि देशका विभिन्न स्थानमा भएको घटनाप्रति विरोध जनाउँदै दोषीमाथि कारवाहीको माग गरे ।