आज फेरि थपिए सर्लाहीमा १५ जना संक्रमित, १४६ जना पुगे

9

हरिवन – सर्लाहीका थप १५ जनामा कोरोना भाईरसबाट संक्रमित देखिएका छन् ।

आज (बुधबार) दिउँसो सार्वजनिक स्वाब परीक्षण रिपोर्ट अनुसार थप १५ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । यो सँगै सर्लाही घर भएका एवं अन्यत्र घरभई सर्लाही बस्दै आएका १४६ जना कोरोना भाईरस संक्रमित पुगेका छन् ।

बुधबार थप भएका संक्रमितहरु दक्षीण–पश्चिम क्षेत्र स्थित धनकौल गाउँपालिकाका एक बालिका सहित १४ जना तथा दक्षीणी क्षेत्र स्थित सदरमुकाम मलंगवादेखि पूर्व पर्ने ब्रम्हपुरी गाउँपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । १५ जना नै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टिनमा बसिरहेका छन् ।

सर्लाहीबाटै स्वाब संकलन गरी पठाईएका मध्ये १४४ जना तथा काठमाडौंमै आफै परिक्षण गराउँदा देखिएका १ जना र सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी नायव निरिक्षक समेत गरी १४६ जना संक्रमित पुगेका हुन् ।

संकर्मित मध्ये दुईजना भने निको भएर घर फर्किसकेका छन् ।