अाज सर्लाहीमा २१ जना संक्रमित थपिए, १३१ पुगे

हरिवन – सर्लाहीबाट पठाईएको स्वाब परीक्षणका क्रममा आज (मंगलबार) थप २१ जनामा कोरोना भाईरस पोजेटिभ रिपोर्ट आएको छ । योसँगै सर्लाहीमा १३१ जना संक्रमित पुगेका छन् ।
सुरक्षा स्राेतका अनुसार २१ जना थप संक्रमित पुष्टी भन्ने खबर प्राप्त भएकाे हाे । संक्रमितकाे नाम र ठेगाना भने अाउन बाँकी रहेकाे बताईएकाे छ ।
सर्लाहीबाटै स्वाब संकलन गरी पठाईएका मध्ये १२९ जना तथा काठमाडाैंमै अाफै परिक्षण गराउँदा देखिएका १ जना र सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी नायव निरिक्षक समेत गरी  १३१ जना संक्रमित पुगेका हुन् ।
संकर्मित मध्ये दुईजना भने निको भएर घर फर्किसकेका छन् ।