सर्लाहीका २२ जना पत्रकारको कोरोना बीमा

9

बागमती – सर्लाहीका क्रियाशील २२ जना पत्रकारको कोरोना बीमा गरिएको छ । कोरोना भाइरसको महाकारीको जोखिमपूर्ण अवस्थामा समाचार संकलन गरिरहेका पत्रकारको नेपाल फोटो पत्रकार महासंघ सर्लाही शाखाको पहलमा कोरोना बीमा गरिएको हो ।

बागमती नगरपालिकाको आर्थिक सहयोगमा २२ जना पत्रकारको २२ लाख रुपैँयाको बीमा गरिएको नेपाल फोटो पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सिंह बहादुर थापा (श्रवण) ले जानकारी दिए । उनका अनुसार बीमा गरिएका पत्रकारमा कोरोना पोजेटिभ देखिएमा उपचार खर्च बापत तत्कालै एक लाख रुपैयाँ पाउने छन् ।

पछिल्लो समय सर्लाहीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जोखिम बढेको भन्दै विपत्तको समयमा खटिएका पत्रकारहरुको मनोवल उच्च बनाउन र सुरक्षा समेत प्रदान गर्ने उद्देश्यले बीमा शुल्क रकम सहयोग गरेको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए ।

यसअघि सामुदायिक रेडियो एकता लालबन्दीले आफ्ना कर्मचारीहरुको केही दिन पहिले कोरोना बीमा गरेको थियो ।