हरिवनमा संकलन गरिएकाे ३५ जनाकाे स्वाब रिपाेर्ट नेगेटिभ, ५ जनाकाे आउन बाँकी

3
बुधबार दिउँसो हरिवन नगरपालिकाले क्वारेन्टिनको रुपमा तयार पारेको निर्माणाधिन कार्यालय भवन परिसरमा स्बाव परीक्षण गराउन आएका सर्वसाधारण । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीकाे हरिवन नगरपालिका स्थित क्वारेन्टिन स्थलबाट गत बुधबार दिउँसाे संकलन गरिएकाे ४० जना मध्ये ३५ जनाकाे परीक्षण रिपाेर्ट नेगेटिभ अाएकाे छ । ५ जनाकाे भने रिपाेर्ट अाउन बाँकी रहेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अाज (साेमबार) बिहान सार्वजनिक गरेकाे नतिजा अनुसार ३५ जनाकाे रिपाेर्ट नेगेटिभ अाएकाे हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईँले जानकारी दिए । “४० जनाकाे स्वाब पठाईएकाे थियाे, ३५ जनाकाे नेगेटिभ रिपाेर्ट अाएकाे छ”, मेयर प्रसाईँले उज्यालाे अभियानसँग भने, “बाँकी ५ जनाकाे रिपाेर्ट पनि अाजै साँझसम्म अाउँछ भन्ने जानकारी पाएकाे छु ।”

गत मंगलबार उदयपुरको त्रियुगा नगरपालिका–११ घरभई हाल हरिवनको नयाँरोडमा डेरा गरी बस्दै आएका एक ३५ वर्षीय पुरुषलाई कोरोना भाईरस पुष्टी भएपछि उनी डेरा बसेको घरमा बस्दै आएका १५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएकाे थियाे । उक्त घरको पहिलो तलामा सटरहरु रहेको र दोस्रो तल्लामा संक्रमित पुरुष र उनकी श्रीमति सहित एक छोरा र छोरी तथा अन्य कोठाहरुमा थप ७ जना भाडामा बस्दै आएका थिए । तेस्रो तल्लामा भने घरधनीका ४ जना बस्दै आएका थिए । दोस्रो तल्लामा भाडामा बस्ने एक चालकको सम्पर्कमा रहेकाले बागमती घरमा बस्ने गरेका एक सहचालकको समेत स्वाब परीक्षणका लागि निकालिएको थियाे ।

त्यस्तै संक्रमित चालकले चलाउने ट्रकधनी सासापुर तिनघरे निवासी पूरुषको पनि स्वाब पठाएकाे थियाे । तरकारी ओसार्ने ट्रक चलाउने ती चालकलाई ट्रकधनीले ट्रक उनको घरमा थन्काएपछि नियमित रुपमा मोटरसाईकलमा राखेर नयाँरोडसम्म पु¥याउने र पुनः लिन जाने गरेकाले उनको पनि स्वाब परीक्षण गरिएको हो । मेयर प्रसाईँका अनुसार हरिवनका सबैकाे रिपाेर्ट नेगेटिभ अाएकाे छ । संक्रमित चालकलाई भने उपचारका लागि मंगलबार साँझ नै जनकपुर स्थित प्रादेशिक अस्पताल पठाईएको छ ।

मेयर प्रसाईँका अनुसार त्यस्तै भारतको दिल्ली स्थित नोयडाबाट बुधबार बिहान आईपुगेका हरिवन नगरपालिका–१, अत्रौलीका एक युवाको पनि स्वाब परीक्षण नतिजा पनि नेगेटिभ अाएकाे छ । स्वाब संकलन गरिएका सबैजना हाल हरिवन नगरपालिकाकाे क्वारेन्टिनमा छन् ।

त्यस्तै मंगलबार नै बागमती नगरपालिका–९, निर्माणचोकदेखि दक्षीण सन्तोषपुर टोलका ३४ वर्षीय पुरुषमा काेराेना भाईरस पाेजेटिभ रिपाेर्ट अाएपछि उनको सम्पर्कमा आएका शंकाष्पद् १२ जनाको स्वाब पनि बुधबार दिउँसो हरिवन नगरपालिकाको क्वारेन्टिन स्थलबाटै संकलन गरिएको थियाे । १२ जनामध्ये ७ जनाकाे रिपाेर्ट नेगेटिभ अाईसकेकाे मेयर प्रसाईँले जानकारी दिए । बागमतीका संक्रमित पुरुष भने हाल टेकु अस्पतालमै रहेका छन् ।

याे पनि पढ्नाेस्

सर्लाहीबाट दुई संक्रमितका आफन्त सहित ४० जनाको स्वाब संकलन

सर्लाही बागमतीका संक्रमित भन्छन्, ‘कसरी पोजेटिभ देखियो छक्क परेको छु’