काेराेना नेगेटिभ देखिएपछि पनि सर्लाहीका आमाछाेराले ललितपुर हरिसिद्दीकाे काेठा छिर्न पाएनन्

बुधबार दिउँसो हरिवन नगरपालिकाले क्वारेन्टिनको रुपमा तयार पारेको निर्माणाधिन कार्यालय भवन परिसरमा स्बाव परीक्षण गराउन आएका सर्वसाधारण । (तस्बिर : उज्यालो अभियान)

टंक क्षेत्री/हरिवन – काेराेना भाईरस नेगेटिभ हुँदा पनि सर्लाहीका अामाछाेराले ललितपुरकाे हरिसिद्दी स्थित डेरामा प्रवेश पाएका छैनन् ।

काठमाडाैंकाे टेकु अस्पतालबाट दुईपटककाे स्वाब परीक्षणमा काेराेना भाईरस नेगेटिभ रिपाेर्ट अाएपछि हरिसिद्दी स्थित काेठामा जाँदा घरबेटीले प्रबेश नदिएकाे उनले गुनासाे गरे । “हरिसिद्दीमा काेठा छ भनेपछि अस्पतालकाे एम्बुलेन्सले म र अामालाई यही ल्याएर छाडिदियाे, तर बिहानदेखि काेठामा प्रवेश गर्न पाएका छैनाैं”, उनले गुनासाे गरे, “अब अन्त बस्ने ठाउँ पनि छैन, यहाँ पनि बस्न नदिए रात कसरी काट्ने भन्ने चिन्ता भयाे ।”

अहिलेपनि वडाध्यक्षज्यु, घरबेटी लगायत टाेलका मान्छेहरू हरिसिद्दी स्थित प्रहरी कार्यालयमा जम्मा भएर छलफल गरिरहेकाे उनले बताए । “२ गते जाँदा परीक्षण रिपाेर्ट नेगेटिभ लिएर अाएपछि मात्र काेठामा प्रवेश गर्नुस् भनियाे, अहिले दुईपटककाे परीक्षण नेगेटिभ अाएपछि अस्पतालबाट अाउँदा बिहानदेखि अानकानी भईरहेकाे छ”, उनले गुनासाे गरे, “सबै गाउँलेहरुलाई साेधेर मात्र छिर्न दिने भनेर राेकिएकाे छ ।”

३-४ वर्षदेखि साेही काेठामा अाफु र अामा बस्दैअाएकाे र लकडाउन भन्दा १५ दिन अगाडी अामालाई काेठामै छाडेर अाफुमात्र सर्लाही बागमती नगरपालिका-९ स्थित घर गएकाे उनले बताए । “जेठ २ गते काकीलाई एक्कासी छाती पाेलेपछि एम्बुलेन्समा राखेर उपचार गराउन काठमाडाै अाएँ र अस्पतालमा भर्ना गरेपछि सँगै अाएकाे भाईलाई जिम्मा छाडेर अामालाई भेटन काेठा गएकाे थिएँ”, साेमबार दिउँसाे उनले भने, “काेठा जाँदा घरबेटीले परीक्षण गराएर मात्र अाउन भनेपछि टेकु जाँदा पहिलाे रिपाेर्ट पाेजेटिभ अायाे अनि अस्पतालमै बसेर थप दुई पटककाे रिपाेर्ट नेगेटिभ अाएपछि अाज अामा र म पुनः काेठा जाँदा प्रवेश गर्न पाईएकाे छैन ।” अाफुलाई पाेजेटिभ देखिएपछि अामालाई पनि टेकु बाेलाएर परीक्षण गराउँदा नेगेटिभ रिपाेर्ट अाईसकेकाे उनले बताए ।

“खासमा गाउँकै विद्यालयमा पढाउनका लागि नाम निस्किएकाले, अब गाउँमै बस्ने निश्चित भईसकेकाे छ”, उनले भने, “अाजकाे रात काेठामा बस्ने र भाेली सामान प्याकिङ गरेर गाउँ फर्कने विचार थियाे, तर अहिलेसम्म काेठामै पस्न पाईएन ।”

३४ वर्षीय अविवाहित उनले ७-८ वर्षदेखि अाफु र अामा हरिसिद्दी क्षेत्रमै बस्दै अाएपनि अहिले अपमानजनक व्यवहार सहनु परेकाे गुनासाे गरे ।