सर्लाहीका थप १५ जनामा कोरोना भाईरस देखियो, योसँगै २० जना पुगे

10

मलंगवा – सर्लाहीका थप १५ जनालाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।

शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीका १५ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । योसँगै सर्लाहीमा कोरोना भाईरस संक्रमित २० जना पुगेका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार सर्लाहीको गोडैता नगरपालिकाका १४ तथा रामनगर गाउँपालिकाका १ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । गोडैता नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएका एवं रामगनर गाउँपालिकाका ५ जनाको गरी ८६ जनाको स्वाब संकलन गरेर गत मंगलबार काठमाडौंको टेकु अस्पताल पठाईएको थियो । ती सबै भारतबाट फर्किएकाहरु भएको बताईएको छ । यसअघि रामनगर गाउँपालिका–४ घर भएकी १८ वर्षीया युवतीमा कोरोना भाईरस पोजेटिभ देखिएपछि उनका आफन्त सहित शंकाष्पद २१ जनाको स्वाब परिक्षण भने नेगेटिभ आईसकेको उक्त गाउँपालिकाका अध्यक्ष कृष्णकुमार बर्माले जानकारी दिए ।

मन्त्रालयबाट जारी भएको विज्ञप्ति अनुसार विस्तृत विवरण बुझ्ने प्रयास भईरहेको प्रजिअ जिसीले जानकारी दिए ।

यो पनि पढ्नोस्

सर्लाहीका दुईजना संक्रमित भनिएका मध्ये एकजना उदयपुर निवासी तर नयाँराेडमा डेरा गरेर बस्ने

सर्लाहीकी १८ वर्षीया युवतीमा काेराेना भाईरस पाेजेटिभ, तीनजना पुगे

सर्लाहीमा मानसिक रोगका बिरामीलाई कोरोना भाईरस, दुईजना पुगे

घर फिर्ता गरिएका किशोरमा टेकुको रिपोर्ट पोजेटिभ आएपछि सर्लाहीबासी त्रसित