सर्लाहीका दुईजना संक्रमित भनिएका मध्ये एकजना उदयपुर निवासी तर नयाँराेडमा डेरा गरेर बस्ने

मलंगवा – सर्लाहीका थप दुईजनालाई काेराेना भाईरस (काेभिड-१९) पाेजेटिभ देखिएका मध्ये एकजना भने उदयपुर जिल्ला गाईघाट निवासी रहेकाे खुलेकाे छ ।
मंगलबार दिउँसाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांक अनुसार सर्लाहीका दुईजनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे सार्वजनिक गरेकाे थियाे । याेसँगै सर्लाहीमा काेराेना भाईरस संक्रमित ५ जना पुगेका छन् ।

मंगलबार सार्वजनिक भए अनुसार सर्लाहीकाे बागमती नगरपालिका-९ निवासी ३४ वर्षीय पुरुष र अर्का ३१ वर्षीय पुरुष उदयपुर गाईघाट घर भई सर्लाहीकाे नयाँराेडमा डेरा गरेर बस्ने गरेकाे खुलेकाे छ । एकजना सर्लाहीकाे बागमती नै घर भएका तथा अर्का उदयपुर गाईघाट घर भई हाल हरिवनकाे नयाँराेडमा डेरा गरेर बस्ने गरेकाे प्रहरी उपरीक्षक विश्वमणि पाेखरेलले जानकारी दिए । सानाे सवारी साधन चलाउने ती ३१ वर्षीय पुरुष हाल नयाँराेडमै परिवारसँगै बसिरहेकाे हरिवन नगरपालिकाका मेयर गणेश प्रसाँइले जानकारी दिए । अहिले मेयर प्रसाँई सहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकाे टाेली ती पुरुष बसेकाे घरमा पुगेर जानकारी लिने सहित अन्य कामहरु गरिरहेकाे छ ।

मंगलबार काेराेना भाईरस देखिएका दुवैजनाले काठमाडाैंमै पुगेर अाफैले स्वाब परीक्षणका लागि दिएकाे बताईएकाे छ । बागमतीका पुरुषकाे पनि हाल बसेकाे ठेगाना पत्ता लगाउने प्रयास भईरहेकाे सुरक्षानिकायले जनाएकाे छ । बागमती-९ मा शंकरपुर साेल्टी क्षेत्र समेटिएकाे छ ।