मलंगवाका बैंकहरु जेठ ११ गतेसम्म बन्द गर्ने निर्णय

7

मलंगवा – सर्लाही सदरमुकाम मलंगवाका बैंकहरु जेठ ११ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ ।
कोरोना भाईरस (कोभिड–१९) को दिनानुदिन बढ्दो संक्रमणलाई मध्यनजर गर्दै नगरभित्र मंगलवारदेखि जेठ ११ गतेसम्म बैंकिङ कारोवार पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख निरसल साहले जानकारी दिए । नगरप्रमुख साहको अध्यक्षतामा सोमवार बसेको नगरपालिकाका पदाधिकारी र बैंकका प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकहरुमा भीडभाड बढ्दै गएपछि लकडाउनको कार्यान्वयन गराउँदै नगरवासीलाई कोरोनाको संक्रमणबाट जोगाउन यस्तो निर्णय गर्नुपरेको नगरप्रमुख साहले बताए । यसअघि लालबन्दी नगरपालिकाले हप्तामा दुई दिन आईतवार र वुधवार तथा हरिवन नगरपालिकाले हप्तामा एक दिन आइतवार मात्रै बैंकहरु खोल्ने निर्णय गरेका थिए ।