बागमती नगरपालिकालाई नेकपा नगर कमिटीको आर्थिक सहयोग

14


बागमती – सर्लाहीको बागमती नगरपालिकालाई सोमवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटीले आर्थिक सहयोग प्रदान गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीको नगरभित्र सक्रिय क्रियाशील सदस्यबाट संकलन गरेर नगरपालिकालाई २ लाख ६४ हजार ७ सय ८० रुपैँया प्रदान गरिएको नेकपा नगर सचिव गोकुल बस्नेतले जानकारी दिए । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापालाई रकम हस्तान्तरण गरिएको हो ।
नेकपाका केन्द्रीय सदस्यहरु प्रल्हाद बुढाथोकी, अच्यूतम काफ्ले, बद्री न्यौपाने, जिल्ला इन्चार्ज डाचाराज वाग्ले, जिल्ला सचिव कमल बुढाथोकी, प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रती लगायतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको नेकपा बागमती नगर कमिटीले जनाएको छ । नेकपाले यसअघि पनि जिल्लाका विभिन्न पालिकाहरुलाई खाद्यान्न एवं नगद सहयोग प्रदान गरेको थियो ।