सर्लाहीको विष्णु गाउँपालिबाट दुई थान पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ

2

मलंगवा – भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको विष्णु गाउँपालिका–४ बाट केहीबेर अघि हतियारसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये एक जना भारतीय हुन् । प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी मधुवनीबाट खटिएको संयुक्त टोलीले बंगैचामा लुकेर बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले ती दुई जनाको साथबाट एक थान कटुवा पेस्तोल, एक थान चाईनिज पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको स्रोतले बतायो । यसबारेमा थप विवरण प्राप्त हुन बाँकी छ ।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले हतियारसहित मानिस पक्राउ परेको पुष्टी गरेका छन् । उनले पक्राउ परेकालाई सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गरिएको र यहाँ ल्याएपछि विस्तृतमा जानकारी गराउने उज्यालो अभियानसँग बताए ।