सर्लाहीकी १८ वर्षीया युवतीमा काेराेना भाईरस पाेजेटिभ, तीनजना पुगे

हरिवन – सर्लाही निवासी अर्की एक युवतीमा काेराेना भाईरस (काेभिड-१९) पाेजेटिभ देखिएकाे छ ।

अाज शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेकाे विज्ञप्ति अनुसार सर्लाहीकाे दक्षीणी क्षेत्र स्थित रामनगर गाउँपालिका-४ कि १८ वर्षीया युवतीमा काेराेना भाईरस पाेजेटिभ देखिएकाे हाे । याे सँगै सर्लाहीमा काेराेना भाईरस पाेजेटिभका विरामी ३ जना पुगेका छन् । यसअघी धनकाैल गाउँपालिकाका १४ वर्षीय किशाेर र हरिपुर्वा नगरपालिकाका ४५ वर्षीय पुरुषमा काेराेना भाईरस देखिई सकेकाे छ ।

याे पनि पढ्नाेस्

सर्लाहीमा मानसिक रोगका बिरामीलाई कोरोना भाईरस, दुईजना पुगे

घर फिर्ता गरिएका किशोरमा टेकुको रिपोर्ट पोजेटिभ आएपछि सर्लाहीबासी त्रसित

पछिल्लाे रामनगरकी युवतीले अाफै टेकु अस्पतालमा पुगेर पीसीअार टेष्ट गराएकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी माेहनबहादुर जिसीले जानकारी दिए । “ति युवति अाफै टेकुमा पुगेर स्वाब परीक्षण गराएकाे स्वास्थ्य मन्त्रालयबाट जानकारी अाएकाे छ”, प्रजिअ जिसीले उज्यालाे अभियानसँग भने, “स्वाब परीक्षणका लागि कहिले काेसँग टेकु गएकाे हाे वा उतै बस्ने गरेकाे लगायत ट्राभल हिस्ट्री पत्ता लगाउने प्रयास गरिरहेका छाैं ।”