सर्लाहीमा थप काेराेनाकाे बिरामी फेला नपरेकाे स्वास्थ्य मन्त्रालयकाे अर्काे विज्ञप्ति

5

हरिवन – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार बिहान निकालेको विज्ञप्ती पुन: सच्ययाएकाे छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले केहीबेर अघि अर्काे विज्ञप्ति जारी गर्दै सर्लाही, धनुषा र महाेत्तरीमा थप ५ जनामा काेराेना भाईरस पुष्टी भनेर प्राविधिक त्रुटिबस सार्वजनिक हुन पुगेकाे स्विकारेका छन् । यसअघि उनले जारी गरेकाे विज्ञप्तिमा सर्लाहीकाे धनकौल नगरपालिका निवासी ४५ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको उल्लेख गरिएको थियाे । “हाम्रो जिल्लामा धनकौल नगरपालिका नै छैन्, गाउँपालिका चाँही छ”, प्रजिअ माेहन जिसीले उज्यालो अभियानसँग भने, “हामीले यहाँबाट स्वाब पठाएकै छैनौँ, नयाँ संक्रमित भेटियो भनेर मन्त्रालयबाट विज्ञप्ती जारी हुँदा विहानभर साह्रैै तनावमा परियाे ।”

सर्लाहीकाे दोस्रो कोरोना संक्रमित हरिपूर्वा नगरपालिका ३ धनकौलका ४५ वर्षीय पुरुषका परिवार, उनको सम्पर्कमा आएका व्यक्ति र नगरपालिकाले क्वारेन्टाइनमा राखेका ४ जना समेत गरी ३० जनाको स्वाब संकलन गरेर वुधवार राती अबेर मात्रै जनकपुर पठाइएको थियो । राती पठाएको स्वाबको रिर्पोट आउने बेला नै नभएको अवस्थामा सर्लाहीमा कोरोना संक्रमित थपिएको भन्ने स्वास्थ्य मन्त्रालयको विज्ञप्तीले त्रास सिर्जना गरेकाे छ । सर्लाहीमा साबिकको पूर्वी धनकौल गाविस अहिले हरिपूर्वा नगरपालिकामा पर्छ भने साबिकको पश्चिम धनकौल गाविस धनकौल गाउँपालिकामा पर्छ ।