लालबन्दीमा खानेपानी महशुल निर्धारण, न्युनतम ८ हजार युनिट सम्मको १५० रुपैयाँ

5

लालबन्दी – सर्लाहीको लालबन्दीमा खानेपानी महशुल निर्धारण गरिएको छ । नगरप्रमुख, उपप्रमुख, नगरका क्रियाशील राजनीतिक दलका प्रतिनिधि र खानेपानीका पदाधिकारीहरुको छलफलबाट महशुल निर्धारण तोकिएको हो । जस अनुसार निर्माणकै चरणमा रहेको खानेपानी आयोजना निर्माण कम्पनिले ह्याण्ड ओभर अर्थात हस्तान्तरण नगरेसम्म खानेपानी प्रयोग गर्दा उठेको न्यूनतम ८ हजार युनिट सम्मको १५० रुपैयाँ लिने निर्णय गरिएको छ । यस्तै ९ हजार युनिटसम्मको १७० रुपैयाँ, १० हजार युनिटसम्मको २ सय रुपैयाँ, ११ हजार युनिट सम्मको २४०, १२ हजार युनिटसम्मको २९०, १३ हजार युनिट सम्मको ३५०, १४ हजार युनिटसम्मको ४२० र १५ हजार देखि २० हजार युनिटसम्मको ५ सय रुपैयाँ लिने निर्णय भएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिए । उनका अनुसार युनिट थपिँदै जाँदा महशुल पनि बढ्दै जाने छ । लालबन्दी नगरपालिका भित्रको गौरवको आयोजना मानिएको खानेपानी आयोजनाको अहिलेसम्म ९६ प्रतिसत काम सकिएको बताइन्छ । धेरैजसो ठाउँमा धारा पु¥याएर पानी वितरण भइसकेको छ भने केही ठाउँमा पाइप बिछ्याउने देखि धारा जडानको काम हुन बाँकी नै छ । खानेपानीको शुल्क अति नै मार पर्दो भएको गुनासो आएपछि हिजो वुधवार र बिहिवार दुई दिन छलफल गरेर केही रकम घटाउँदै शुल्क निर्धारण गरिएको हो ।