सर्लाहीको नवलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

7

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा सोमवार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हाइटेन्सन लाईन छेउमै हरियो बाँसमा रडको अंकुशे बनाएर दाउरा झार्न खोज्दा स्थानीय ४० वर्षीय कृष्णबहादुर गोलेको मृत्यु भएको हो । गोलेको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात सोमवार अपरान्ह आफन्तले बुझेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो ।