ब्रह्मपुरी गाउँपालिकालाई नेकपाले ग¥र्यो साँढे २१ क्विन्टल चामल सहयोग

ब्रह्मपुरी – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले साँढे २१ क्विन्टल चामल सहयोग गरेको छ ।
जिल्लाको दक्षिणी भेगस्थित भारतसँग सीमा जोडिएको सो गाउँपालिकालाई नेकपाका नेता कार्यकर्ताबाट संकलन गरेर चामल प्रदान गरिएको हो । निरन्तरको लकडाउनपछि समस्यामा परेका परिवारलाई राहत वितरण गर्न गाउँपालिकालाई चामल उपलब्ध गराइएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए ।
नेकपाका नेताहरुले आइतवार ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहलाई चामल हस्तान्तरण गरेका हुन् । गाउँपालिकाका अध्यक्ष साहले पहिलो दाताको रुपमा नेकपाको तर्फबाट चामल प्राप्त भएकोमा खुशी व्यक्त गर्दै सहयोगमा प्राप्त चामल लकडाउनले चुल्हो बल्नै मुस्किल परेका परिवारलाई वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
चामल हस्तान्तरण गर्न नेकपाका जिल्ला इन्चार्ज डाचाराज वाग्ले, जिल्ला सचिव कमल बुढाथोकी, नेकपाका नेता एवं राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, जिल्ला कमिटी सदस्य द्वोय रामप्रकाश महतो र जीतेन्द्र कुशवाहा, जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ लगायत ब्रह्मपुरी पुगेका थिए ।
नेकपाले अहिलेसम्म जिल्लाको ब्रह्मपुरी, लालबन्दी, मलंगवा, चन्द्रनगर लगायतका पालिकालाई यसरी नै खाद्यान्न सहयोग गरिसकेको छ ।