बेल्जियममा बस्ने झाको पुनित कार्य : गृह गाउँका भोका नागरिकलाई राहत प्रदान

कविलासी – सर्लाहीको कविलासी नगरपालिका–७, गैर र सिर्सियाका २१ परिवारलाई खाद्यान्न प्रदान गरिएको छ ।
सोही ठाउँ घर भई हाल बेल्जियममा रहेका बलिराम झाले लकडाउन अर्थात बन्दाबन्दीपछि चुल्हो बल्नै मुस्किल परेको अति विपन्न परिवारलाई राहत स्वरुप आज खाद्यान्न उपलब्ध गराएका हुन् । झाले गैर निवासी नागरिक अगुवा रजनिकान्त झासँग समन्वय गरी २१ परिवारलाई प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल र एक पोका नुन प्रदान गरेका हुन् ।
निरन्तरको लकडाउनले समस्यामा परेका विपन्न परिवार राहत पाएपछि खुशी भएका छन् । जन सम्पर्क समिति बेल्जियमका सदस्य समेत रहेका झाले पखिले देखि नै यस किसिमका पुनित कार्य गर्दै आएका छन् ।