नेकपा मलंगवा नगर कमिटीले नगरपालिकालाई दियो साँढे १८ क्विन्टल चामल

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा नगरपालिकालाई नेकपा नगर कमिटीले सोमवार साँढे १८ क्विन्टल चामल प्रदान गरेको छ ।
लकडाउनपछि भोकै बस्न बाध्य अति विपन्न तथा मजदुर परिवारलाई वितरण गर्न पार्टीका नेता कार्यकर्ताबाट संकलन गरेर सो परिमाणमा नगरपालिका कार्यालयलाई चामल उपलब्ध गराइएको हो । नेकपा सर्लाहीका इन्चार्ज डाचाराज वाग्ले, जिल्ला अध्यक्ष रेवती पन्त, जिल्ला सचिव कमल बुढाथोकी, नेकपा नेताहरु एवं प्रदेश सभा सदस्य द्वोय डिल्लीप्रसाद उपे्रती र राधेश्याम पासवान, जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतको उपस्थितिमा चामल हस्तान्तरण गरिएको नेकपा मलंगवा नगर कमिटीले जनाएको छ ।
नेकपा सर्लाही तथा उसका भातृ संगठनले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका थिए ।