ख्रिष्टिय समाजद्वारा नगरपालिकालाई आर्थिक सहयोग प्रदान

25


बागमती –बागमती नगर ख्रिष्टिय समाजले कोरोना भाइरस बिरुद्धको अभियानमा सहभागी हुदै बागमती नगरपालिकालाई आर्थिक सहयोग गरेको छ ।

मंगलवार समाजले बागमती नगरपालिका मेयर भरत कुमार थापालाई रु ३६ हजार ५ सय नगद हस्तान्तरण गरेको हो । विश्व भरिनै फैलिएको कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्युनिकरणमा नगरलाई सघाउने उद्येश्यले उक्त रकम सहयोग प्रदान गरिएको समाजका नगर कमिटि उपाध्यक्ष पास्टर धनलाल थोकरले जानकारी दिए ।

आर्थिक सहयोग लिदै मेयर थापाले अन्तराष्ट्रिय संकटको घडिमा सबैजना एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । कोरोना भाइरसको बिरुद्वमा लागिरहेको नगर प्रति सहयोगी हात बढाईदिएको भन्दै मेयर थापाले समाज प्रति आभार समेत प्रकट गरे । प्राप्त सहयोग रकम नगरमा कोरोना संक्रमणको रोकथाममा प्रयोग उन्को प्रतिबद्धता छ ।

सहयोग हस्तान्तरणमा नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तान, समाजसेवी मिलन श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो ।