सर्लाहीको हरिवनमा रूखको हाँगामा च्यापिएर एकको मृत्यु

6
प्रतिकात्मक तस्बिर ।

हरिवन – सर्लाहीको हरिवनमा रूखको हाँगामा च्यापिएर एकजनाको ज्यान गएको छ ।सोमबार बिहान हरिवन नगरपालिका– १ कौलाशपुरी क्षेत्रको जंगलमा घाँस झार्न रूखमा चढेका सोही स्थानका ४०–४५ वर्षीय नारायणकुमार श्रेष्ठ सोही रूखको हाँगामा च्यापिएका थिए ।

रूखको हाँगामा च्यापिएका उनलाई तत्काल उद्धार गरी हरिवनस्थित नमुना अस्पताल पुर्‍याइए पनि मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । हाँगाले श्रेष्ठको छातीमा चोट लागेको थियो । मुचुल्का तयार गरेर मृतक श्रेष्ठको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंंगवा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।