बागमती सेवा समाजद्वारा बागवानी क्वारेन्टाइनलाई स्वास्थ्य तथा स्वच्छता सुरक्षा सामग्री प्रदान

नवलपुर – सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रलाई बागमती सेवा समाज नेपालले स्वास्थ्य तथा स्वच्छता सामग्री सहयोग गरेको छ ।

अक्सफाम नेपालसँगको साझेदारीमा हरिवनस्थित बागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीले जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीमार्फत स्वास्थ्य तथा स्वच्छता सामग्री प्रदान गरेका हुन् । संस्थाले १३० बोतल स्यानिटाइजर, ५०० सय थान सर्जिकल मास्क, धुन मिल्ने २० थान एप्रोन, इन्फ्रारेड थर्मामिटर १ थान, के एन ९५ मास्क ५० थान र ५० थान ग्लोब्स प्रदान गरिएको संस्थाले जनाएको छ ।

स्वास्थ्य तथा स्वच्छता सामग्री हस्तान्तरण समारोहमा सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेल, संस्थाका अध्यक्ष भरतकुमार कार्की, व्यवस्थापन प्रमुख गजेन्द्र साह, कार्यक्रम प्रवन्धक दिवाकर झा लगायतको उपस्थिति थियो ।