बागमतीमा घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न, ४८ हजार बढिको स्वास्थ्य परिक्षण

बागमती–सर्लाहीको बागमती नगरपालिकाले सुरु गरेको घरदैलो स्वास्थ्य परिक्षण, तथा सचेतना अभियान सम्पन्न गरेको छ ।
बिहिवार नगर कार्यपालिकाको कार्यलयमा समिक्षा कार्यक्रमको आयोजना गरी २३ दिन सम्म चलेको घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिएको जानकारी गराईएको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नगरवासीलाई सुरक्षित गर्न नगरपालिकाले नगर अन्तरगका १२ वटै वडामा घरदैलो स्वास्थ्य परिक्षण तथा ेरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेता अभियान संचालन गरेको थियो ।
नगरपालिका भित्र रहेका ६ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेवीका समेतको संहभागीतामा गठन गरिएको ६ वटा स्वास्थ्यकर्मीहरुको टोली गाउँ गाउँमा खटिएका थियो । उक्त टोलीले नगरका प्रत्यक घर दैलोमा गएर सम्पुर्ण परिवारको गन थर्मोमिटरको सहायताले स्वास्थ्य परिक्षण गर्नुको साथै कोरोना भाइरस सम्बन्धी परामर्स समेत प्रदान गरेको नगर अन्तरगतको स्वास्थ्य शाखा प्रमुख रामेश्वर सिङले जानकारी दिए ।
उक्त टोलीले नगरवासीको परिवारीक अवस्थाको बारेमा विवरण समेत संकलन गर्ने र सामान्य रुघा, खोकी र ज्वरोका विमारीलाई घर घरमै निशुल्क औषधी वितरण गर्दे सेल्फ क्वारेन्टीनमा बस्न सचेत गराएका थिए । सामान्य मौसमी ज्वरो, रुघा र खोकी देखिदा समेत कोरोना संक्रमणको आशंकामा नगरवासी त्रसित बन्ने भएकाले उनिहरुलाई घरघरमै सुरक्षित सगँ स्वास्थ्य परिक्षणको ब्यवस्था गरिएको बागमती नगरप्रमुख भरत कुमार थापाले बताए ।
समिक्षा कार्यक्रमा बोल्दै नगर प्रमुख थापाले यस्तो बिषम परिस्थितीका बाबजुद पनि नागरिकको स्वास्थ्य सुरक्षामा खटिने स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई समेत मेयर थापाले धन्यवाद् ज्ञापन गरे । टोलीले २३ दिन लगाएर नगरका १२ वटा वडाका १० हजार २ सय १५ घर धुरीका, ४८ हजार ५ सय ८३ जनाको स्वास्थ्य परिक्षण गरेको थियो ।
समिक्षा कार्यक्रममा नगर प्रमुख थापा सहित उप प्रमुख लिला कुमारी मोक्तान, प्रमुख प्रशासकिय अधिकृत विमल प्रसाद पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल लगाएको सहभागीता रहेको स्वास्थ्य शाखा सह–संयोजक पदम रायमाझीले जानकारी दिए ।