लकडाउन उल्लंघन गरी चलाइएको मोटरसाइकल दुर्घटनामा युवक घाईते

सांकेतिक तस्बिर ।

गोडैता – सर्लाहीको दक्षिणी भेगमा पर्ने गोडैता नगरपालिका–९, बकैनियामा लकडाउन उल्लंघन गरेर चलाइएको मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाईते भएका छन् ।

प्रहरीको आँखा छलेर बीआर ३० एल ५६४४ नंं को मोटरसाइकलमा गोडैताबाट रामनगरतर्फ जाँदै गर्दा रामनगर गाउँपालिका–७, का १९ वर्षीय प्रिन्स राज पण्डित घाईते भएका हुन् । बाँया खुट्टा बाँचिएको र नाकामा गहिरो चोट लागेर घाईते ती युवकलाई उपचारका लागि वीरगञ्जतर्फ लगिएको छ ।
सर्लाहीको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लकडाउनपछि अनावश्यक रुपमा पास बिनाका सवारी सञ्चालन गर्न कडाई गरिए पनि ग्रामीण भित्री सडकमा जथाभावी मोटरसाइकल दौडाउने क्रम चलिरहेको छ ।