प्रदेश सांसद् सिंहद्वारा विपद् समितिलाई खाद्यान्न प्रदान

प्रजिअ जिसी (दायाँ)लाई खाद्यान्न हस्तान्तरण गर्दै प्रदेश सांसद् सिंह (बीचमा) । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंहले जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीलाई आज (सोमबार) खाद्यान्न सहयोग गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीको उष्ण प्रदेशीय बागवानी केन्द्रमा स्थापना गरेको क्वारेन्टाईनका लागि प्रदेश सांसद् सिंहले ५ क्विन्टल चामल, ५० किलो दाल, १ क्विन्टल आलु, ५० किलो प्याज, १ कार्टुन खाने तेल सहयोग गरेका हुन् । जिल्लाका अन्य सबै स्थानमा सम्बन्धित पालिकाहरुले क्वारेन्टाईन बनाएर भारत लगायत बाहिरबाट आएकाहरुलाई राखेपनि विपद् व्यवस्थापन समितिले भने आफ्नै पहलमा बागवानीमा क्वारेन्टाईन स्थापना गरेको छ ।

बाहिरबाट एक्कैचोटी धेरै मान्छे भित्रिएको अवस्थामा सम्बन्धित पालिकाहरुले तत्काल व्यवस्थापन गर्न नसक्दा सय जना भन्दा बढीलाई राख्न मिल्ने गरे समितिकै व्यवस्थापनमा क्वारेन्टाईन स्थापना गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । प्रदेस सांसद् सिंहले विपद् व्यवस्थापन समितिको क्वारेन्टाईनमा प्रयोग हुनेगरी खाद्यान्न सहयोग गरेको प्रजिअ जिसीले जानकारी दिए ।

कोरोना भाईरस (कोभिड–१९) संक्रमणको अवस्थाबाट जिल्लालाई बचाउनका लागि विपद् व्यवस्थापन समितिले स्थापना गरेको क्वारेन्टाईनमा प्रयोग हुने गरी खाद्यान्न सहयोग गरेको सांसद् सिंहको कथन छ ।