सर्लाही सशस्त्रमा नयाँ एसपी आए

भारतीय सिमा क्षेत्रमा गस्ती गरिरहेका सशस्त्र प्रहरी । (फाईल तस्बिर : उज्यालो अभियान)

कविलासी – सशस्त्र प्रहरी सर्लाही प्रमुखको रुपमा सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् ।

सप्रउ श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रदेश नम्बर दुई हेर्ने छिन्नमस्ता बाहिनीबाट सर्लाहीकाे कविलासी स्थित १० नम्बर गण प्रमुखको रुपमा खटिएका हुन् । तत्कालिन सर्लाही प्रमुख सप्रउ विनोद राज श्रेष्ठको भने चितवन स्थित बाहिनीमा सरुवा भएको छ । गत बुधबारबाट आफूले सर्लाही प्रमुखकाे रुपमा जिम्मेवारी सम्हालेकाे सप्रउ गंगाराम श्रेष्ठले उज्यालाे अभियानलाई बताए ।
तत्कालिन सप्रउ विनाेद राज श्रेष्ठले भने सर्लाहीमा रहँदा सहयाेग गर्ने सम्पुर्ण पक्ष, तह र तप्काप्रति आभार प्रकट गरेका छन् ।