व्यापारी साहद्वारा बरहथवा नगरपालिकालाई १५ हजार सहयोग

घनश्याम बलम्पाकी
बरहथवा-सर्लाहीको बरहथवा नगरपालिकालाई एक व्यापारीले आर्थिक सहयोग गरेका छन् । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्ने महाअभियानमा बरहथवा नगरपालिका–५, निवासी व्यवसायी सत्रुघन साहले १५ हजार रुपैयाँ सहयोग गर्नुभएको नगरप्रमुख देवानन्द महतोले जानकारी दिए ।
यसैबीच नगर प्रमुख महतोले बरहथवा नगरभित्रका क्रियासिल पत्रकारहरुलाई अहिलेको महमारीको समयमा रिर्पोटिङमा खटिन आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले नगरभित्र क्रियासिल सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै यो महामारीको समयमा सही सूचना प्रवाह गर्न र नगरपालिकालाई सहयोग गर्न समेत पत्रकारहरुसँग आग्रह गरेका छन् ।