करेन्ट लागेर युवक घाईते

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा विद्युतीय करेन्ट लागेर एक युवक घाईते भएका छन् ।

कबिलासी नगरपालिका–१० निवासी १८ वर्षीय रोसन साह करेन्ट लागेर घाईते भएका हुन् । मलंगवा स्थित पंकज कर्णको पानी उद्योगमा जिपसन बोर्र्डको काम गर्ने क्रममा विहिबार साँझ ७ बजे साहलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । गम्भिर घाईते साहलाई सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पठाईएको प्रहरीले जनाएको छ ।