सर्लाहीको परवानीपुरमा क्वारेन्टाइनमा रहेका शिशुको मृत्यु, चिसोले मृत्यु भएको आशंका

1192

परवानीपुर – चुरेक्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१५, परवानीपुर झल्ला चौडीमा क्वारेन्टाइनमा रहेका एक शिशुको मृत्यु भएको छ । परवानीपुर शीर फुलजोरका तारादेव वाईवाका अन्दाजी ५ महिने छोराको मृत्यु भएको हो ।


उनीहरु तीनदिनदेखि परवानीपुरस्थित झल्ला चौडीमा रहेको विद्यालयमा निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा बसिरहेका छन् । इँटा उद्योगमा काम गर्नेहरु तारादेव र उनकी श्रीमती तीन दिनअघि मात्रै त्यहाँ आएको बुझिएको छ ।

लालबन्दी नगरपालिका १५ नंं वडाका वडाध्यक्ष गोरखबहादुर बलले शिशुको चिसोका कारण मृत्यु भएको आशंका गरिएको र थप जानकारी लिन लालबन्दीबाट स्वास्थ्यकर्मी घटनास्थलमा आएको बताए ।