लकडाउन उल्लंघन नगर्न आग्रह गर्दा राजघाट चौकीका असई कुटिए

1102

राजघाट-सर्लाहीको प्रहरी चौकी राजघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बिकारु मण्डल कुटिएका छन् ।
मंगलवार राती राजघाटमा लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाईबुझाई गर्दा असई मण्डलमाथि दुव्र्यवहार भएको हो । उनलाई उपचारका लागि हरिवनस्थित नमूना अस्पताल ल्याइएको छ ।
सो घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखी घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले बताएका छन् ।