लालबन्दीका होटल व्यवसायीले नगरपालिकालाई दिए ५ सय थान मास्क

172

लालबन्दी–सर्लाही लालबन्दीका होटल व्यवसायीले आइतवार लालबन्दी नगरपालिकालाई ५ सय थान सर्जिकल मास्क प्रदान गरेका छन् । लालबन्दीका होटल व्यवसायीको तर्फबाट यो महमारीको समयमा खटिने स्वास्थ्यकर्मी लगायतलाई थोरै भएपनि सहयोग पुगोस् भनेर मास्क प्रदान गरेको होटल व्यवसायी संघ सर्लाहीका अध्यक्ष समेत रहनु भएका लालबन्दीका होटल व्यवसायी हीराकाजी योन्जनले जानकारी दिए ।
यस्तै सर्लाहीको पूर्व–पश्चिम राजमार्गस्थित घाबिराथनतर्फ जाने बाँके चोकमा युवाहरुले राजमार्गमा पैदल हिँडेर गन्तव्यतर्फ हिँडिरहेकाहरुलाई चाउचाउ, बिस्कुट र पानीको व्यवस्था गरिरहेका छन् । ईश्वरपुर नगरपालिका–१२, घारिबथान नयाँटोलका युवा र आफू मिलेर पैदल यात्रीको सेवा गरिरहेको बाँके चोकमा होटल चलाएर बसिरहनु भएका टलकबहादुर पुलामीले बताए ।
यसैगरी हरिपुर उद्योग वाणिज्य संघले पनि नगरपालिकालाई व्यवसायीको तर्फबाट आइतवार आर्थिक सहयोग गरेको संघका अध्यक्ष शंकर दाहालले बताए । अहिले विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्ति तथा सामाजिक संघसंस्थाले लकडाउनपछि समस्यामा परेका परिवार तथा महामारी नियन्त्रणमा पालिका तथा अन्य निकायहरुलाई सहयोग गरिरहेका छन् ।