पूर्व सांसद् साहले दिए सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई साईकल

771
साहले उपलब्ध गराएको साईकल हस्तान्तरण कार्यक्रममा उपस्थित जिसस प्रमुख चौधरी, प्रजिअ जिसी, प्रहरी उपरीक्षक पोेखरेल, सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठ लगायत । (तस्बिर : उज्यालो अभियान)

कविलासी – पूर्व सांसद् नरेन्द्र साहले सशस्त्र प्रहरीलाई २० थान साईकल प्रदान गरेका छन् ।

एपीएफलाई प्रदान गरिएको साईकल तथा साईकल हाँकेर टेष्ट गर्दै प्रजिअ जिसी तथा प्रउ पोखरेल । (तस्बिर : उज्यालो अभियान)

लकडाउन अर्थात बन्दाबन्दीमा २४ सै घण्टा सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले पूर्व सांसद साहले सशस्त्रलाई निःशुल्क रुपमा साईकल सहयोग गरेका हुन् । साहका सहयोगी श्यामबाबु यादव र रोशन लामाले आइतवार दिउँसो सशस्त्र प्रहरी बल नेपाल गण नं. १० कविलासीमा साईकल हस्तान्तरण गरेका छन् ।

साईकल हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । प्रमुख जिल्ला अधिकारी मोहन जिसीले अहिलेको संवेदनशिल अवस्थामा सीमा क्षेत्रमा २४ सै घण्टा उच्च निगरानी सहित खटिईरहेका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई साईकल प्रदान गरेर पूर्व सासंदले ठूलो सहयोग गरेको भन्दै आभार प्रकट गरे । ‘प्राप्त साईकलले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती अझ बढी प्रभावकारी हुन मद्धत गर्ने निश्चित छ ।’ प्रजिअ जिसीले भने ।

पूर्व सांसद् साहले यसअघि पनि नेपाल प्रहरीलाई ६० वटा साईरन साईकल प्रदान गरेका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालिन तराई मधेश सद्भावना पार्टीको तर्फबाट समानुपातिक सभासद् बनेका साहले २०७४ सालको निर्वाचनमा क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेद्वारी दिएका थिए । उक्त निर्वाचनमा पराजित भएपनि सर्लाहीको हिरापुर निवासी साहले भौतिक पूर्वाधार विकास सहित रचनात्मक सहयोग गर्दै आईरहेका छन् । साहले विपतीमा परेकालाई तत्काल राहत, महत्वपूर्ण व्यापारिक केन्दहरुमा सीसीटीभी जडान, सरसफाईको क्षेत्रमा सयौं डस्टविन वितरण एवं हालपनि कोराना संक्रमणबाट बचाउनका लागि जिल्लामा मास्क, स्यानिटाईजर सहित खाद्य सामग्री समेत वितरण गरिरहेका छन् ।